Breaking News

संकटमा रौतहटको बिर्ति प्रष्टोकाका नर्सरी व्यवसायी

आरके श्रीवास्तव,गरूडा,माघ ०१ गते

रौतहटमा विरूवाहरू उचित मूल्यमा बिक्री नहुँदा नर्सरी व्यवसाय संकटमा पर्दै गएको छ । कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रष्टोकाका नर्सरी व्यवसायीहरू अहिले आर्थिक संकटको सामना गरिरहेका छन् । उनीहरु नर्सरी व्यवसाय छोडेर विस्थापित हुने अवस्था सृजना भएको छ । पहिला चलन चलतीमा रू५० मा बिक्री हुने बिरुवा अहिले २० देखि २५ रूपैयाँ बिक्री हुन थालेपछि नर्सरी व्यवसायीहरू मर्कामा परेका छन् । पहिला बिरुवा अधिकतम् ७५ रूपैयाँ सम्म पनि बिक्री हुन्थ्यो ,त्यति बेला नर्सरी पेशामा लागेकाहरू मनग्ये आम्दानी गर्थे ।

तर अहिले भने त्यस्तो अवस्था छैन् । गाउँको ९९ प्रतिशत मानिसहरू पहिला नर्सरी व्यवसाय गर्थे तर अहिले विरूवाको उचित मूल्य नपाउँदा आधि जतिले यो पेशा बाट निराश भइ अर्काे पेशा रोज्न बाध्य भएका छन् । दर्जनौं व्यवसायीले व्यवसायबाट पलायन हुने अवस्था आएको छ । बर्षाैंदेखि कटहरिया ३ बिर्ती प्रष्टोकामा दिलिप फलफूल नर्सरी सञ्चालन गर्दै आएका बिदयालाल रौनियारले नर्सरी व्यवसायमा बिरूवाको उचित मूल्य नमिल्दा चल्नै नसक्ने अवस्था आएको छ । उनले भने, ‘नर्सरी व्यवसायमा काम गर्ने कामदारहरूको पारिश्रमिक पुर्याउन समेत धौ–धौ भइरहेको छ,घाटा खाएर काम गर्नु पर्ने बाध्यता छ । हामी अब गर्ने के त? पेशा छोड्न पनि सकिदैन ।

हामी दोधारमा आइ पुग्या छौ? जिम्मेवार निकायले हाम्रो कुरा नसुनिदिएका कारण यस्तो समस्या आएको हो ।’ बिर्तिमा अधिकांश मानिसहरू नर्सरी व्यवसाय गर्छन् । उनीहरूलाई बिरुवा बेच्न पनि अहिले गाह्रो छ । देशमा तीन तहको सरकार छ । तर तिनै तहको सरकारले नर्सरी व्यवसायीको पीडा नबुझदा यस्तो अवस्था हुन पुगेको नर्सरी सञ्चालकहरूको गुणासो छ । खासगरी स्थानीय सरकारले यस प्रति विशेष ध्यानदिनु पर्ने हो । तर स्थानीय तहको ध्यान नै पुगेको छैन् । यदि सरकारले समयमा ध्यान नदिने हो भने नर्सरी व्यवसायी झन संकटमा पर्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar