Breaking News

गुजरामा बृहत निःशुल्क शिविर सम्पन्न

आरके श्रीवास्तव,गरुडा,पुस ३० गते

रौतहट जिल्लाको गुजरा नगरपालिकामा एक दिने बृहत निःशुल्क शिविर सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २ रंगपुर कटानीमा निःशुल्क रुपमा चेकजाँच गरिएको हो । गुजरा नगरपालिका स्वास्थ्य शाखाको सिमराभवानीपुरको आयोजना र ज्योती भिजन फाउण्डेसन बीरगंज पर्साको सहयोगमा शिविर लगाइएको थियो । एक कार्यक्रमका बिच नगर प्रमुख सन्तलाल चौधरीले सो शिविरको उद्धघाटन गर्नु भएको छ । शिबिरमा आँखा,नाक,कान,घाँटी तथा मुख सम्बन्धी विशेषज्ञ डाक्टरहरु द्धारा निःशुल्क सेवा दिइएको थियो ।

शिबिरमा १०८ जनाको स्वास्थ्य चेकजाँच गरिएको वडा अध्यक्ष अशोक चौधरीले जानकारी गराएका हुन् । वडा अध्यक्ष चौधरीले वडावासीको स्वास्थ्यका लागि विशेष खयाल गरी बृहत निःशुल्क शिविरको आयोजना गराउनु भएको थियो । शिबिरमा नेशनल मेडिकल कलेज विरगंजका डा.कमरुदिन रैनले चेकजाँच गरेका थिए ।

सो शिबिरमा उप मेयर रत्ना लामा,स्थानिय सुरेन्द्र तिमलसिना, लगायत स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । बिरामीहरुलाइ सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकहरुले सेवा उपलब्ध गराएका थिए । निःशुल्क रुपमा स्वास्थ्य जाँच भएपछि स्थानियहरु वडा अध्यक्ष चौधरीलाइ धन्यवाद समेत ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar