Breaking News

कटहरियामा उपमेयर रिता देवीले गरिन् अपांगलाई ह्विल चेयर प्रदान

आरके श्रीवास्तव,गरुडा,पुस २८ गते

रौतहटको कटहरिया नगरपालिका १ भसेढवा घर भएका एक जना अपांगलाई कटहरिया नगरपालिकाले ह्विल चेयर सहयोग गरेको छ । आज एक कार्यक्रमका बिच ह्विल चेयर सहयोग गरिएको छ ।

विहिबार कटहरियाकी नगर उप प्रमुख रिता देवीको अध्यक्षतामा अपांग माहावती देवीलाई ह्विल चेयर पदान गरियो । कार्यपालिका सदस्य शान्ति देवी यादव, वडा सदस्य रामइश्वर यादव स्थानीय भद्र भलादमी,बुद्विजीबी,समाजसेवीहरुको उपस्थितिमा अपांग माहावतीलाई ह्विल चेयरसहयोग गरेको छ । कमजोर आर्थिक अवस्था भएका कारण माहावती ह्विला चेयर समेत किन्न सकेका थिएन । तर लामो दुःख भोगेका माहावती ह्विला चेयर पाएपछि खुशी भएकी छिन् । उनले उपमेयर यादवलाई धन्यवाद समेत ज्ञापन गरेकी छिन्

। कटहरिया नगरपालिकाको अपांग समन्वय समितिकी संयोजक समेत रहेकी उपमेयर यादवले अपांगहरुलाइ जुनसुकै बेला सहयोग गर्न आफू तयार रहेको बताएकी छिन् । अपांगहरुको हक अधिकार दिलाउन आफू कहिले पछाडी नपर्ने उनले प्रतिक्रया दिएकि छिन् । समय समयमा कटहरिया नगरपालिकाले अपांगहरु यस्तै किसिमको सहयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar