Breaking News

सितलपुरमा वडा अध्यक्ष यादवले कृषि सडक धमाधम विस्तार गराउँदै

आरके श्रीवास्तव,गरुडा,पुस २१ गते

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको सितलपुरमा कृषि सडक विस्तार भएको छ । सो नगरपालिकाको वडा नम्बर २ मा किसानहरुलाइ सहज हुने उदेश्यले वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले तत्काल आफनै लगानीमा भएपनि धमाधम चौरी तर्फ सडक विस्तार गराइ रहनु भएको छ । केही दिन अघि मात्रै दक्षिणवारी चौरतीर कृषि सडक विस्तर गरेका उनले पूर्ववारी चौरतीर नयाँ कृषि सडक विस्तार गराइ रहेका छन् ।

धान,गहुँ,मकै लगायत अन्य बालि किसानहरुलाइ ढुवानी गर्न सहजताको लागि वर्षाैदेखि सडक अभाव झेली रहेका किसानहरुलाइ सहयोग पुग्ने उदेश्यले उक्त सडक निर्माण गराउन लागेका हुन् ।

। वडा अध्यक्ष यादवले ग्रामीण कृषि सडक निर्माणलाई प्राथमिकता दिएका छन् । उनले यस अघि करिब डेढ किलोमिटर ग्रामीण कृषि सडकको निर्माण गराउनु भएको छ । भने अहिले २ पनि डेढ किलोमिटर जती कृषि सडक निर्माण गराइ राख्नु भएको हो । उक्त नयाँ सडक निकालिए पछि स्थानिय किसानहरु हर्षित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar