<

 

आरके श्रीवास्तव,रौतहट,साउन ०५ गते ।
रौतहट । रौतहटको सिमानाका बाट भारती कुखुराको तस्करी भईरहेको पाईएको छ । भारती कुखुराको तस्करी बढ्दा नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् ।

भारतबाट नेपाल भित्र्याउन रोक लगाईए पनि सीमा क्षेत्रमा कुखुराको अवैध कारोबारमा वृद्धि भएको छ । नेपाल भन्दा भारती बजारमा कुखुरा सस्ता पर्छ । त्यहाँको कुखुरा नेपाली बजार अहिले छ्यापछ्याप्ती पाईरहेको छ । जसकारण नेपाली किसानले उत्पादन गरेको कुखुरा बिक्री हुन सकेको छैन् ।

जिल्लाको दक्षिणी भेग बौधीमाई,राजपुर लगायतका सिमानाकामा प्रहरीको निगरानी कम हुँदा भारतीय कुखुराको तस्करी बढेको छ । भारतीय कुखुराहरू अवैध रुपमा नेपाली बजार सम्म पुग्दा नेपाली कुखुराको मासु बिक्रीमा कमी भएको छ भने भारती कुखुराको मासु बिक्री वितरणमा वृद्धि भएको छ ।

जिल्लाको फतुवा बिजयपुर २ शितलपुर एक कुखुरा उत्पादक किसान भन्छन् नेपालमा भारतीय कुखुरा खुलेआम रूपमा प्रवेश पाउँदा मैले उत्पादन गरेको करिब ८ सय कुखुरा फार्ममै यस्तै बसिरहेको छ । बिक्री हुन सकेको छैन् । दैनिक लाखौं मूल्य बराबरको दाना खुवाउनु परेको छ ।
सीमानकामा प्रहरी तैनाथ छ । तैपनी कुखुरा तस्करी भइरहको छ । यस प्रति किसानहरुले गुणासो गरेका छन् । यस विषयमा कुखुरा व्यवसायी संघ रौतहटका अध्यक्ष हरिशंकर साह भन्छन् हामी पटक पटक जिल्लाको सुरक्षा निकायको प्रमुखहरु सँग भारतीय कुखुरा प्रवेशमा रोक लगाउन आग्रह गरे पनि कुनै सुनवाइ हुन नसकेको गुणासो गरे । यती आग्रह गर्दा पनि कुखुरा तस्करी रुकन सकेको छैन् । जिल्लाको बंकुल देखि बेलविछवा सम्म खुलेआम रुपमा भारतीय कुखुराको तस्करी हुने गरेको साहको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0