Breaking News

कटहरिया नगरपालिकाले राख्यो नागरिक हेल्प डेस्क

आरके श्रीवास्तव,गरुडा,पुस १८ गते

रौतहटको कटहरिया नगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जयसवालले सेवाग्राहीलाइ सहयोग पुग्ने उदेश्यले सोध पुछ स्थान संचालन गरेका हुन् ।

स्थानिय सरकारले नगरवासीहरुलाई चुस्तदुरूस्त र सहज सेवा प्रदान गर्नका लागि सो हेल्प डेस्क सञ्चालन गरेको हो । सर्वसाधारणले पाउनुपर्ने सेवा छिटोछरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न नगर प्रमुख जयसवालले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् । हेल्प डेस्क व्यवस्थापनले सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज हुने, कसेैको भर पर्नु नपर्ने देखिन्छ ।

जनप्रतिनिधि, कर्मचारी र आमसेवाग्राही नागरिकबीचमा कार्यसम्पादनको क्रममा कानुनी अज्ञानता, बुझाइ, समन्वय तथा कागजी प्रक्रियामा र कार्यकक्षको अन्योलताले गर्दा सेवाप्रवाहमा ढिलाइ हुन सक्ने भएकोले ती सबै प्रक्रियामा सेवाग्राही नागरिकलाई सहयोग गर्न हेल्प डेस्क स्थापना गरेको हो । सेवाग्राही नागरिकहरु भौतिकरुपमा उपस्थित भएर कार्यालयबाट प्राप्त गर्ने सेवालाई नागरिक सहायता कक्षले सहयोग गर्ने मेयर जयसवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar