Breaking News

सितलपुरमा वडा अध्यक्ष यादवले गराए पैनी जिर्णाेद्वार सँगसँगै कृषि सडक विस्तार

रूपेश यादव,फतुवा बिजयपुर,पुस १५ गते

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको सितलपुरमा कृषि सडक विस्तार गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ मा किसानहरुलाइ सहज हुने उदेश्यले वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयले तत्काल आफनै लगानीमा चौरी तर्फ सडक विस्तार गराउनु भएको हो ।

सहज सिंचाई पुर्याउन तथा धान,गहुँ,मकै लगायत अन्य बालि किसानहरुलाइ ढुवानी गर्न सहजताको लागि वर्षाैदेखि बन्द रहेको पैनीलाई जिर्णोद्धार गर्नुको साथै नयाँ कृषि सडक निकाल्न लगाउनु भएको हो । सितलपुरको टेह्रा पट्टी चौरीतिर स्थानीयस्तरमा परापूर्वकालदेखि अरुवा नदी बाट जलस्रोतको उपयोग गरी किसानहरू आफैंले सिँचाइको व्यवस्था गर्ने गरेका थिए ।

उक्त नदी बाट पैनी निर्माण गरी खेतमा सिंचाइ गर्ने गरेका थिए । हाल त्यो पैनीलाइ स्थानियहरु माटोले पुरेपछि सिंचाइमा अवरुद्ध भएको थियो । त्यसकै मध्य नजरगरी पैनी उत्खन्नका सँगसँगै सडक विस्तार गराउन लागेका हुन् । वडा अध्यक्ष यादवले ग्रामीण कृषि सडक निर्माणलाई प्राथमिकता दिएका छन् । उनले करिब डेढ किलोमिटर ग्रामीण कृषि सडकको निर्माण गराउनु भएको छ । उक्त सडकलाइ मौलापुर चिरचिरिया सम्म जोडने भावी योजना रहेको वडा अध्यक्षले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar