Breaking News

फतुवा बिजयपुरमा वैकल्पिक सिकाइ व्यवस्थापन प्रणाली जडान र तालिम सम्पन्न

आरके श्रीवास्तव,गरुडा,पुस १४ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा वैकल्पिक सिकाइ व्यवस्थापन प्रणाली जडान र तालिम सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ८ स्थित रहेको श्री माध्यमिक बिधालय बिजयपुरमा तालिमको आयोजन गरिएको थियो ।

नगरभरिको ६ वटा माध्यमिक बिधालयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सम्पन्न भएको बिधालयहरुमा श्री मावि बिजयपुर,श्री मावि हिमालीबास,श्री मावि पेटभरवा,श्री मावि टेंग्राहा,श्री मावि सितलपुर,श्री मावि दुधिअवा रहेका छन् । इ डिजिटल नेपालको आयोजनामा भएको तालिममा मैनेजर राहुल चौधरीले प्रशक्षिण दिएका थिए । तालिममा डाटा इन्ट्री,अनलाइ कलास सेम्पल,इ–लर्निङ्ग लगायतको विषयमा जानकारी गराइएको थियो ।

इ डिजिटल नेपालले फतुवा बिजयपुर नगरपालिका सँग समझौता गरी सहभागी बिधालयहरुलाइ बैसिक बिलिङ्ग एण्ड रिर्पोट,मोबाइल एप,आइडि कार्ड लगायतका सेवाहरु दिइ राखेको छ ।

पहिलो चरणमा नगरभरिको सामुदायिक बिधालयहरुमा ल्यापटाप वितरण गरिएको थियो भने आज दोस्रो चरणमा तालिम गराइएको शिक्षा संयोजक तेजनारायण यादवले जानकारी गराउनु भयो । सो अवसरमा श्री मावि टेंग्राहाका प्रधानाध्यापक अनिल यादव,श्री मावि बैरगनियाका प्रधानाध्यापक रामनाथ यादव लगायत सहभागी बिधालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar