<

 

रन्धिर साह, रौतहट, असार २४ ।

रौतहटको एक किसानको खेतमा काम गर्ने क्रममा निधन भएको छ । निधन हुनेमा जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ९ स्थित रहेका सोनरनिया निवासी मनिर मिया अन्सारी रहेका छन् । मौलापुरमा आज भएको यो घटनाले किसानहरुको लागि एउटा प्रश्न खडा गरेका छन् भन्दै पुर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले दुःख व्यक्त गरेका छन् ।

साथै उनले राष्ट्रका लागि काम गर्दै गर्दा निधन भएका कारण मियालाई नेपाल सरकारले क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ, उनले माग राखेका छन् । उनले आज आफ्नो सोसल मिडिया फेस्बुकमा सो विषय वस्तु उल्लेख गरेका छन् । उनी भन्छन् भावपूर्ण श्रद्धाञ्जली सहित गहिरो समवेदना । मृतक किसान परिवारलाई राहत स्वरूप क्षतिपूर्तिको माग गर्दछु ।

अन्सारीको खेतमा काम गर्ने क्रममा चर्कों गर्मीका कारण निधन भएको खबरले दुःखी बनाएको छ । उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । आज देशमा अन्नदाता किसानको अवस्था कति पिडादायी छ ?

भन्ने विषय मनिर मिया अन्सारीको मृत्युले स्पष्ट गर्दछ । खेतमा काम गर्दा गर्दै निधन हुने किसानको परिवारलाई राहतको ब्यवस्था गर्न उचित देखिएकोले मृतक मनिर मियाको परिवारलाई राहत स्वरूप अवश्यक क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार समक्ष जोड़दार माग गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0