Breaking News

फतुवा बिजयपुरको सितलपुरमा किसानको धानमा अज्ञात समूह द्धारा आगजनी,लाखौंको क्षती

आरके श्रीवास्तव,रौतहट,मंसिर १४ गते

रौतहटमा चुनाव सकिने लगतै रिसिबि साध्नेहरुको जमात बढेको छ । फतुवा विजयपुरमा आइतवार राति एक जनाको किसान धानको टालमा अज्ञात समूहले आगो लगाइ दिएको छ । सो नगरपालिकाको वडा नम्बर २ सितलपुर निवासी पुर्व सइ रामानन्द यादवको धानको टालमा अज्ञात समूहले आगजनी गरि दिएका छन् । धान काटेर दांईगर्न सितलपुर गाउँछेउ खरिहानमा राखिएको अवस्थामा गएराति करिब १० बजेर ३० मिनेटको समयमा २ बिगहा क्षेत्रफलको काटेर राखेको धानबाली आगो लगाइ नष्ट पारि दिएका छन् ।

आगलागी बाट करिब २ लाख बराबरको क्षती भएको पिडित यादवले जानकारी गराएका छन् । कसैले व्यतीगत रिसिबि साध्न आफनो धानमा आगो लगाएको पिडित यादवले बताएका छन् । राजनीतिक पुर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने पुर्व सई यादवको अनुमान रहेको छ ।

यादवका श्रीमती राजकुमारी देवि सो वडाका निर्वाचित वडा सदस्य समते हुन् । जनप्रतिनिधी सँग नै यस्तो घटना घटेपछि गाउँवासीहरु आश्चर्य चकित बनेका छन् । वर्ष भरि किसानले गरेको मेहनत एकैछिनमा खरानीमा परिणत भएपछि किसान पिडामा छन् । सम्बन्धित निकाय सँग अपराधिलाइ पता लगाइ कडा भन्दा कडा कार्यवाही गर्न माग गरेका छन् । घटनाको पुष्टि गर्दै आवश्यक अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ । साे वडाका वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव संजयले दाेषिलाई पता लगाई हदैसम्मकाे कार्यवाही गर्न स्थानीय प्रहरी प्रशासन सँग माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar