Breaking News

संघियता बचाउनु छ भने गठबन्धन लाइ मत दिनुस्:नागेन्द्र यादव

आरके श्रीवास्तव,रौतहट,२९ गते कार्तिक
देशमा संघियता बचाउनु छ भने गठबन्धन लाइ मत दिन मधेश प्रदेश सरकारका उधोग पर्यटन तथा वन राज्यमन्त्री एवम् क्षेत्र नम्बर ३ क का प्रदेशसभा सदस्य उम्मेदवार नागेन्द्र राय यादवले बताउनु भएको छ ।
मंगलवार गुजरा नगरपालिकाको कटानीमा घरदैलोपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको छ । गठबन्धनका उम्मेदवारहरुलाइ जिताउनु बाहेकको विकल्प नरहेको समेत प्रष्ट पार्नु भयो । यसपालीको चुनावमा गठबन्धनले दुइ तिहाइ मत प्राप्त गर्ने यादवले दाबी समेत गर्नु भएको छ । क्षेत्र नम्बर ३ को प्रतिनिधीसभामा गठबन्धनको साझा उम्मेदवारको रुपमा स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवालनै रहेको प्रष्ट पार्नु भएको छ ।
यसमा कही कतै शंका उपशंका नगर्न मतदाताहरु लाइ आग्रह गर्नु भएको छ । साथै आफू एमालेको पूर्व सिपाही रहेकोले क्षेत्र नम्बर ३ क मा आफूलाइ समर्थन गर्न आग्रह गर्नु भयो । विकास निर्माणको कामको मूल्यांकनको आधारमा दोस्रो चोटी प्रदेशसभा सदस्यमा कलम छापमा मतदान गरि विजयी गराउन आममतदाता लाइ विनम्र अनुरोध गर्नु भएको छ ।
साथै वहाँले गठबन्धनका उम्मेदवारहरु प्रतिनिधिसभामा ओमप्रकाश जयसवालको चुनाव चिन्ह माछा छाप ,क्षेत्र नम्बर ३ क मा आफनोे चुनाव चिन्ह कलम छाप र क्षेत्र नम्बर ३ ख मा नेपाली काँग्रेस पार्टीको तर्फ बाट प्रदेश सभा सदस्य उम्मेदवार जितेन्द्र यादव उर्फ सुनिलको चुनाव चिन्ह गाछी छापमा मतदान गरि विजयी गराउन जनतालाइ अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar