Breaking News

माैलापुरमा ल्याब सहितको कृषि तथा पशु अस्पतालको सेवा प्रारम्भ

आरके श्रीवास्तव,राैतहट,११ गते कार्तिक
माैलापुरमा ल्याब सहितको कृषि तथा पशु अस्पतालको सेवा प्रारम्भ भएको छ । मौलापुर नगरपालिका द्वारा निर्मित कृषि तथा पशु सेवा अस्पतालको नगरप्रमुख रिना कुमारी साहले समुद्वघाटन गर्नु भएको छ । उप प्रमुख नागेन्द्र प्रसाद यादव, मौलापुर नगरपालिकाका जनप्रतिनिधिहरु , कर्मचारीहरु एवं सेवाग्राही किसानहरुको उपस्थितिमा आजबाट सेवा प्रारम्भ भएकाे हाे ।
मौलापुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बिनियोजन भएको बजेटबाट साे आयोजनाको कार्य सम्पन्न भएको हो । सेवा प्रारम्भकाे अवसरमा अशोकको बिरुवा २० गोटा, आंपको बिरुवा ५ गोटा, लिच्चीको बिरुवा ५ गोटा र अम्बाको बिरुवा २ गोटा गरि कुल ३२ गोटा बिरुवा रोपण समेत गरिएकाे थियो । शुक्रबार सुभारम्भ गरिएको अस्पतालमा उपलब्ध जनशक्ति कृषि सेवा तर्फ कृषि अधिकृत १ जना,कृषि प्राविधिक -१ जना ,पशु सेवा तर्फ,पशु चिकित्सक १ जना,पशु स्वास्थ्य प्राविधिक १ जना,नायव पशु स्वास्थ्य प्राविधिक ३ जना, सुरक्षा गार्ड १ जना ,कार्यालय सहयोगि १ जना रहने माैलापुर नगरपालिकाले जनाएको छ ।
अस्पतालबाट उपलब्ध हुने सेवाहरुमा कृषि सेवा तर्फ माटो परिक्षण, उन्नत जातको तरकारीको बीउ बिजन (मिनि कीट) वितरण,केरा खेती पकेट कार्यक्रम अन्तर्गत सेवाहरू प्रदान गरिने जनाईएकाे हाे । पशु सेवा तर्फ कृत्रिम गर्भाधान, गोबर परिक्षण ,मेडिकल उपचार सेवा, गर्भ परिक्षण ,माईनर सर्जरी ,भ्याक्सिनेसन,उन्नत घांसको बीउ वितरण आवश्यक औषधि वितरण गरिने माैलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले जानकारी गराउनु भयाे । साहका अनुसार लागत अनुमान जग्गा खरिद ४ कट्ठाको रु १२ लाख, भवन, फर्निचर, प्रयोगशाला व्यवस्थापन,पहुँच मार्ग निर्माण रु ७० लाख गरि कुल जम्मा लागत रु ८२ लाख रहेको बताए । विदा लगत्तै कर्मचारी आवास, कम्पाउण्ड बाल निर्माण तथा पहुँच मार्ग स्तरोन्नति आदि थप कार्यहरु हुने जानकारीका गराईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar