Breaking News

जेटिए तथा कृषि प्राविधिकको कमीका कारण कटहरिया आसपासाका किसानहरु मर्कामा

 

आरके श्रीवास्तव,रौतहट,१४ गते असोज
कटहरिया नगरपालिकाको कृषि कार्यालयमा जेटिए वा कृषक प्राविधिक नबस्ने गरेका कारण स्थानिय कृषकहरु आफनो धान,मकै,तरकारी लगायतका बालीनाली वर्षेनी लाग्ने गरेका अज्ञात रोगहरु पत सुन्ने,डाँठ कुहिने,झार ओइलने,पहेलो भइ सुक्ने र डढने जस्ता समस्याले पिडित भएकोमा चिन्तित हुने गरेका छन् ।
कृषि विज्ञ तथा जेटिए अभावका कारण अभावका कारण बालीनालीमा लाग्ने अज्ञात रोगका कारण बालिनालीको विकास वृद्धिमा कमी भइ उब्जा पनि कम हुने र स्थानिय विषदी पसले सँग जथाभावी औषधी किनेर छर्दा स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएको कारण यहाँका किसानहरु रहेका छन् ।


बिगत लामो समय देखि कटहरिया नगरपालिकाको वडा नम्बर ५ मा कृषि कार्यालय संचालन हुँदै आएकोमा नगरपालिका स्थापना भए देखि सो भवन नगरपालिकाको मातहतमा गएको र यहाँ रहेका कृषिका कर्मचारीहरु(प्राविधिकहरु) स्थानिय तहमा गाभिएको कारण कृषि कार्यमा रहेका कृषकलाइ आवश्यक सरसल्लाह,कृषि उपचार,विषदी प्रयोगको मात्रा,उपयुक्त विषदी प्रयोग बाट बञ्चित हुने गरेका छन् । केहि कर्मचारी भएपनि आन्तरीक काममा व्यस्त रह्ने गरेको र बाहिर फिल्डमा गइ किसानहरुको समस्या नबुझने गरिएको बुभिएको छ । कृषि विज्ञ तथा जेटिए अभावका कारण अभावका कारण किसानहरुमा मारमा परेका छन् ।
अन्य सालको तुल्नामा यस वर्ष वर्षा कम भएकोले किसान बालीनालीमा –धान,मकै,उखु,केरा,) लगायतमा अन्य सालको तुल्नामा यो वर्ष यी बालीमा रोगको प्रकोप बढी देखिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar