Breaking News

रौतहटको २ पालिकाकाे सहकारी संस्थालाई च्याप कट्टर मेशिन हस्तान्तरण

मुकेश कुमार साह,रौतहट , ५ असोज
कृषकहरुको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले रौतहटको गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाको गरी २ वटा सहकारी संस्थालाई घाँस काटने मेशिन(च्याप कट्टर) हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी ति दुबै नगरपालिका २ वटा सहकारी संस्थाका पदाधिकारीहरुलाइ हस्तान्तरण गरिएको हो । गुजरा नगरपालिका वडा नं २ मैढा स्थित ध्रुवतारा सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेड र चन्द्रपुर नगरपालिकाको वाड नं. २ को पारिश्रमीक सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडलाइ ५०-५० थान घास काटने मेशिन हस्तान्तरण गरेको थियो । गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले गुजरा नगरपालिकामा आयोजित कार्यक्रममा किसानहरुलाइ ब्यबसायिक पशुपालन गर्न यस प्रकारको मेशिनले ठुलो सहयोग गर्ने बताए । आफनो नगर क्षेत्रका किसानहरुको आर्थिक स्तर बृद्धि गर्नको लागी उन्नत जातको बोका बितरण,घास काटने मेसिन बितरण लगायतका बिभिन्न कार्यहरु गदै आएको नगर प्रमुख चौधरीले जानकारी दिएका छन । उक्त मेशिन सुलभ ३ प्रतिशत ब्याजदरमा सहकारीलाइ उपलब्ध गराएको हेफर इन्टरनेशनलकी बजार सबलीकरण सहजकर्ता निर्मला सुबेदीले जानकारी दिएकी छिन । सो मेसिन बजार मुल्य प्रति गोटा ३५ हजार रहेकोमा सहकारी मार्फत ३० हजारमा उपलब्ध गराएको सुबेदीले जानकारी दिइन । नियमित रुपमा किस्ता बुझाउने किसानलाइ अन्तिम किस्ता छुटको पनि ब्यबस्था रहेको सुबेदीको भनाइ रहेको छ । हेफर इन्टरनेसनल नेपालका व्यावसाय प्रर्बधन अधिकृत श्री सुवास थापाले दुग्ध उत्पादनलाइ बृद्धि गर्ने उदे्श्यले सो मेशिन किसानहरुलाइ उपलब्ध गराएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar