Breaking News

गुजरा २ कटानीमा पाेर्टेवल काेल्ड स्टाेरकाे मेयर चाैधरीले गरे उद्धघाटन


आरके श्रीवास्तव,रौतहट,०३ गते भदौ
रौतहट जिल्लाको गुजरा नगरपालिकाकाे कटानीमा पाेर्टेवल काेल्ड स्टाेरकाे उद्धघाटन गरिएको छ । शुक्रबार गुजरा नगरप्रमुख सन्तलाल चाैधरी र उपप्रमुख रत्ना लामाले गुजरा नगरपालिका वडा नम्बर २ कटानीमा उक्त कोल्ड स्टाेरको उद्धघाटन गरेका हुन् । साना किसान कृषि सहकारी संस्था गुजरा २ रंगपुरकाे आयाेजन र गुजरा नगरपालिका सिमराभवानीपुरकाे सहयाेगमा उक्त पाेर्टेवल काेल्ड स्टाेरकाे उद्वघाटन समारोह कार्यक्रमकाे आयाेजन गरिएको थियोे ।

कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा नगर प्रमुख चाैधरी रह्नु भएको थियाे भने कार्यक्रमकाे अध्यक्षता सहकारीका अध्यक्ष धर्मेन्द्र धामी रह्नु भएको थियाे । उद्वघाटन पश्चात् नगर प्रमुख चाैधरीले सहकारीका अध्यक्ष धामीलाई साँचो हस्तान्तरण गर्नु भएको थियाे ।

गुजरा नगरपालिकाकाे सहयोगमा आ.व.२०७८/७९ काे २२ लाख रुपैयाँ अनुदान स्वरूप प्राप्त  रकममा उक्त पाेर्टेवल कोल्ड स्टाेर निर्माण भइ उद्धघाटन गरिएको गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनाेद जयसवालले जानकारी गराउनु भयाे ।
साना किसान कृषि सहकारी संस्थाले निर्माणको जिम्मा पाएको थियो । कूल १ सय ५० क्विन्टलसम्म क्षमताको उक्त कोल्ड स्टाेर सहकारीकाे जग्गामा बनेको जानकारी गराइएको हो । कोल्ड स्टाेर बनेपछि सो आसपासको कृषिजन्य उत्पादन सुरक्षित रुपमा स्टोर गर्न निकै सहज हुने भएको छ । उद्धघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै गुजरा नगरप्रमुख चाैधरीले कोल्ड स्टाेर निर्माणले किसानको लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । किसानकाे आवश्यक पर्ने हरेक किसिमकाे सहयाेग गर्न नगरपालिका तयार रहेकाे बताउनु भयाे ।
त्यस्तै उद्वघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख प्रशासकीय अधिकृत जयसवालले पाेर्टेवल काेल्ड स्टाेर निर्माण भएपछि यसलाई सदुपयोग गर्न किसानहरू सँग अनुराेध गर्नु भयाे । कार्यक्रममा उपस्थित किसानहरू लाई स्वागत गर्दै दूध क्यान वितरण गरिएको थियाे । आवश्यकता अनुसार किसानहरू लाई ५ देखि १० लिटर सम्मकाे क्यान दिईएकाे थियाे ।

सो अवसरमा उपमेयर रत्ना लामा,प्रमुख प्रशासकिय अधिकृत जयसवाल,वडा अध्यक्ष अशाेक चाैधरी लगायत स्थानिय भद्रभलादमी,किसान,बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar