Breaking News

कटहरियाको फक्तेपुरमा कोल्ड चेम्बरको उद्धघाटन


रुपेश यादव,रौतहट,२५ गते साउन
रौतहट जिल्लाको कटहरिया फक्तेपुरमा कोल्ड चेम्बरको उद्धघाटन गरिएको छ । बुधबार कटहरिया नगरप्रमुख अजय प्रकाश जयसवाल र उपप्रमुख रिता देवी यादवले कटहरिया नगरपालिका वडा नम्बर ६ फक्तेपुरमा उक्त कोल्ड चेम्बरको उद्धघाटन गरेका हुन् । उद्धघाटन कार्यक्रमको अध्यक्षतामा रौशन चौधरीले गर्नु भएको थियो ।


२२ लाख रुपैयाँ रकममा उक्त कोल्ड चेम्बर निर्माण भइ उद्धघाटन गरिएको जनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रौतहट बाट १० लाख,कटहरिया नगरपालिका बाट २ लाख र फक्तेपुर कृषक समूह बाट १० लाख गरि जम्मा २२ लाखमा निर्माण भएको हो ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ रौतहट बाट आ.व.२०७८÷०७९ मा श्री फत्तेपुर कृषक समूह, कटहरिया न.पा.–०६ ले ८५% अनुदानमा उत्पादन उप्रान्त क्षति न्यूनीकरण तथा बजारीकरण प्रवर्द्धनका लागि उक्त कोल्ड चेम्बर निर्माण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रौतहटले जनाएको छ ।


फक्तेपुर कृषक समूहले निर्माणको जिम्मा पाएको थियो । कूल १ सय क्विन्टलसम्म क्षमताको उक्त कोल्ड चेम्बर कटहरिया नगरपालिका अन्तरगत एलानीे जग्गामा बनेको जानकारी गराइएको हो । कोल्ड चेम्बर बनेपछि सो आसपासको कृषिजन्य उत्पादन सुरक्षित रुपमा स्टोर गर्न निकै सहज हुने भएको छ । उद्धघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै कटहरिया नगरप्रमुख जयसवालले कोल्ड चेम्बर निर्माणले किसानको लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।


सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ रौतहटका प्रमुख दिपक कुमार मिश्र,पूर्व वडा अध्यक्ष शम्भुकान्त यादव,वडा अध्यक्ष जयराम चौधरी लगायत स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar