
आरके श्रीवास्तव,रौतहट,०१ गते वैशाख ।
रौतहट । लोकतान्त्रिक पत्रकार संघ रौतहटको नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । लोसपा निकट पत्रकारको संस्थाको रुपमा रहेको संघले जिल्लाको मध्य भाग गरुडा स्थित रहेको होटेल एनपी स्टारमा आज एक कार्यक्रम आयोजन गरि पत्रकारहरु सँग नयाँ वर्ष मनाएको हो ।
लोकतान्त्रिक पत्रकार संघ रौतहटका संयोजक राजु कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा लोसपाका केन्द्रिय सदस्य रामप्रवेश दास रहनु भएको थियो । संघका संयोजक श्रीवास्तवको नेतृत्वमा पत्रकारहरुलाइ गोलबद्ध गराउने उदेश्यले सो कार्यक्रम आयोजन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै लोसपा नेपालका बरिष्ठ नेता दासले पत्रकारहरुलाइ स्वच्छ रुपमा सम्पूर्ण पक्षको आवाज उठाउन आग्रह गरेका थिए । लोकतान्त्रिक पत्रकार संघ र पार्टीको हकहितमा काम गर्ने विश्वास व्यक्त गरेका थिए । देशमा परिवर्तन आयो त्यसमा पत्रकारको अहम भूमिका रहेको भन्दै अहिले पनि त्यस्तै भूमिकाको खाँचो छ । जुन पत्रकारले निर्वाह गर्नु पर्दछ ।
उनले भने लोकतान्त्रिक पत्रकार संघले रौतहटमा आफनो संयोजकको रुपमा श्रीवास्तवजीलाइ तोकेको छ । म वहाँलाइ बधाइ दिदै लोसपा निकट संस्था भएपनि स्वतन्त्र रुपमा नै पत्रकारिता गर्न उनले सुझाव दिन्छु । कुनै विभेद नगरी कसैको झोलेको रुपमा काम नगरी स्वच्छ रुपमा काम गर्न आग्रह गर्दछु ।
कार्यक्रममा अन्य वक्ताहरु नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष विना राउत श्रीवास्तव,राष्ट्रिय शिक्षक मञ्च रौतहटका उपाध्यक्ष अरुण कुमार सिंह,बज्जिका पत्रकार संघ नेपालका अध्यक्ष राजेश्वर पाण्डे,राष्ट्रिय दलित पत्रकार संघ रौतहटका अध्यक्ष राजेश पासवान निर्माणी,नेपाल विश्वकर्मा लोहार संघका अध्यक्ष विवेक शर्मा,श्रमजीवी पत्रकार संघ रौतहटका उपाध्यक्ष राकेश यादव,प्रेस मञ्चका प्रतिनीधी आरएन पटेल,कायस्थ पत्रकार समाजका केन्द्रिय सदस्य सरिता कुमारी श्रीवास्तव लगायतले लोकतान्त्रिक पत्रकार संघले रौतहको पत्रकारितामा आफनो अहम भूमिका निर्वाह गर्ने छ भनी विश्वास व्यक्त गरेका थिए ।
रौतहटको पत्रकारितामा वर्तमान अवस्थामा देखिएको समस्यालाइ चिर्दै संघले अघि बढनेछ भनी हामी अपेक्षा राख्दछौं । कार्यक्रमलाइ समापन गर्दै संघका संयोजक श्रीवास्तवले नयाँ वर्षमा हामीले नयाँ सुभारम्भ गरेका छौं । नयाँ वर्ष २०८२ ले सम्पूर्ण साथीहरुमा सुख,शान्ति समृद्धी ल्याओस् भनि शुभकामना दिन चाहन्छु । अब आफनो नेतृत्वमा जिल्लाका पत्रकारहरु एवम् सञ्चारकर्मीहरु गोलबद्ध भइ अगाडी बढ्ने बताए ।
कार्यक्रममा उठेलका सवालहरुको सन्र्भमा उनले भने पत्रकारिताको स्तर सुधार्ने,श्रमको उचित मूल्यांकन,तालिम लगायत जति पनि पत्रकारिताको विषयमा सवालहरु उठेका छन् ती सबैलाइ मध्यनजरगरी संघ अगाडी बढने प्रतिबद्धता जनाएका थिए ।
अन्य संगठन भन्दा फरक तवरले हामी हिड्नेछौं भनी विश्वास दिलाउन चाहन्छौं । क्रियाशील सञ्चारकर्मीहरुलाइ संघमा आबद्ध हुन आहवान समेत गरेका छन् । अब छिट्टै रौतहटमा लोकतान्त्रिक पत्रकार संघले पूर्णता पाउने जानकारी समेत गराउनु भएको थियो । जसको लागि भव्य कार्यक्रम आयोजन गरि सार्वजनिक गरिने उनले बताए ।
सञ्चारकर्मी सागर संगम ठाकुरले सञ्चालन गरेको कार्यक्रममा संघको तर्फबाट गुडु यादवले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा जिल्लाभरीमा क्रियाशील दर्जनौं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
