<

बज्जिकाञ्चल संवाददाता, काठमाडौँ ३१ गते चैत ।
पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो ।
राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए ।
राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनका छोरा दीपशमशेर जबरा हाल प्रहरी वरिष्ठ उपरीक्षकमा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
