
हनुमत यादव,गाैर,२९ गते चैत ।
गाैर । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. रौतहट शाखा कार्यालय माधवनारायण द्वारा आयोजित वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम शुक्रबार जिल्लाको सदरमुकाम गौर स्थित रहेको साईमन होटेलको सभा हलमा सम्पन्न भएको छ । त्यस अवसरमा माधवनरायण नगरपालिका वडा नं १ का वडा अध्यक्ष राज कुमार यादवले लघुवित्त संस्थाहरूले आर्थिक उन्नयनमा खेलेको भूमिका प्रसंसनिय रहेको उल्लेख गरे ।
यादवले दिदीबहिनीहरूको आर्थिक सशक्तीकरण र उद्यमशीलतामा लघुवित्तको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । संस्थाका मधेस प्रदेश प्रमुख रामप्रसाद कुशवाहाले समाजमा लघुवित्तलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा विभिन्न समस्या उत्पन्न भइरहेको जनाए । उनले कर्जा लिँदा संस्थाको नीति, नियम र सेवा प्रणाली बुझेरमात्र कारोबार गर्नुपर्ने बताए । पछिल्लो समय वित्तीय साक्षरता कार्यक्रमले सदस्यहरू जागरुक बन्दै गएको समेत उनले बताए ।
आफ्ना ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा प्रदान गर्ने उदेश्यले सञ्चालित उक्त कार्यक्रममा संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख सिताराम महतोले वित्तीय शिक्षा र साक्षरता सम्बन्धी अभिमुखीकरण प्रस्तुति प्रस्तुत गरे ।
उक्त कार्यक्रममा शाखा कार्यालय माधवनरायण अन्तर्गत सञ्चालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ४ जना केन्द्र प्रमुख तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गर्नेमध्ये मेरो सरुअठा महालक्ष्मी महिला केन्द्र(प्रथम) – ३०००/- , मेरो सीतारा महिला केन्द्री(दोस्रो) – २०००/-, मेरो माँ जगदम्बा महिला केन्द्र (तेस्रो) – १०००/-,मेरो बसतपुर महिला केन्द्र (चैथो) – ५००/- नगद सहित वर्षका ४ उत्कृष्ट व्यावसायिक ग्राहकलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
१०० औ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नम्बर ४२ का केन्द्र प्रमुख लिलामबर प्रसाद सिंह गनगाइले गरेका थिए । साथै कार्यक्रम सञ्चालन तथा सहजीकरण शाखा प्रबन्धक गनगाईले गरेका थिए ।
