<

बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते चैत ।
राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टी नेपालकाे वडा अधिवेशन सम्पन्न भएको छ । जसपा, नेपाल रौतहटको जिल्ला अधिवेशन हुने भएकाले गरुडा नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका वडा अधिवेशनहरू १२ गतेसम्म सम्पन्न गर्नुपर्नेछ भएकोले आज साे वडाकाे अधिवेशन सम्पन्न भएको गरूडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादवले जानकारी गराएका हुन् ।
त्यस्तै, नगर अधिवेशन १३ गतेदेखि २२ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले पार्टीको सर्कुलरअनुसार कार्ययोजना अगाडि बढाइएको उनले बताएका हुन् ।
साे वडामा सियाबर यादवको अध्यक्षतामा ७१ सदस्यीय वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।
छनौट भएका सम्पूर्ण पदाधिकारीहरूलाई मेयर प्रत्यासी यादवले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
