
आरएन पटेल,रौतहट, चैत्र ०८ गते ।
रौतहटको बौधिमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उदय शंकर चौधरी हाजिर भएकाे छ । शुक्रवार एक कार्यक्रमकाे बिच बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव र नगर उप प्रमुख प्रमिला देवी जयसवालले कार्यालय प्रमुखको रुपमा उदय शंकर चौधरीलाई टीका माला लगाई कार्यालयमा स्वागत गर्नु भएकाे हाे ।
कार्यभार सम्भालदै प्राशासकीय अधिकृत चौधरीले पालिकामा अवरुद्ध भएका सम्पूर्ण कामकाजहरु चाँडै अगाडि बढाउने बताउनु भएको छ। यस भन्दा पहिले समान्य प्रशासन मन्त्रालयले कार्यालय प्रमुखको रुपमा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई खटाएका थिए । केही समय पहिला यादव अन्यत्र सरुवा भएपछि बौधिमाई नगरपालिका हाकिम बिहीन भएको थियो।
पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको आर्थिक लगायत विभिन्न कार्य गर्न अपठ्यारो भइरहेको बेला नगर प्रमुख यादवले पालिकामा नयाँ हाकिमको रुपमा उहाँलाई हाजिर गराई कार्यभार सुम्पेका छन।
स्वागत कार्यक्रममा विभिन्न वड़ाका वडा अध्यक्ष, पालिकाको लेखा शाखा प्रमुख अरविन्द कुमार यादव, स्वास्थ्य संयोजक तारकेश्वर पटेल, विभिन्न शाखाका शाख प्रमुख, राष्ट्रसेवक कर्मचारी लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
