
चन्दन यादव, रौतहट, ०८ गते चैत ।
रौतहट । रौतहटमा एस.ई.ई. परिक्षाकमा चिट चोर्न प्रयोजनका ल्याइएको ३४० थान मोबाईल नियन्त्रमा लिइएको प्रहरीले बताएको हो । बिहान ८ बजे देखि संचालन भएको एस.ई.ई. परिक्षामा विभिन्न परिक्षा केन्द्रमा चिट चोर्न प्रयोजनको लागि परिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल तथा अन्य ईलेक्ट्रोनिक ग्याजेटलुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेको चेकजाँचको क्रममा ३ सय ४० थान मोबाईल र स्मार्ट वाच २ थान बरामद गरी नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाकारी गराएको हो ।
परिक्षा हलभित्र गार्डको रुपमा खटि आफ्नो जिम्मेवारी ठिकसंग निर्वाह नगरेको २ जना गार्डहरुलाई एस.ई.ई. परिक्षा अवधीसम्मको लागी रेस्ट्रिगेट गरिएको प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख रहेको छ ।
प्रहरी नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार रायले दिएको जानकारी अनुसार एस.ई.ई. परिक्षाको शुरुको दिन नै ४ सय २४ वटा मोबाईल नियन्त्रमा लिईएको बताएका हुन् । एस.ई.ई. परिक्षा मर्यादित तरिकाले निर्वाह गर्न तथा मधेशको शिक्षालाइ सुधार्नको लागी निष्पक्ष तरिकाले गर्न गराउन प्रहरी नायब उपरीक्षक रायले आग्रह समेत गरेका हुन् ।
