
मुना मिश्रा,०७ गते चैत ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले ग्लोबल मनि विक २०२५ एक दिवसीय फुटबल प्रतियोगिता कार्यक्रम गरी मनाएको छ ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेश प्रमुख तिलक दत पंत तथा सु नि का कार्यालय नेपालगन्जका प्रमुख अमर बहादुर सिंह को आयोजनामा फुटबल प्रतियोगिता कार्यक्रम गरी ग्लोबल मनि विक २०२५ मनाइएको छ।
नेपाल राष्ट्र बैंकले चैत ४ गतेदेखि १० गतेसम्म ग्लोबल मनी विक मनाउने आह्वान गरे अनुसार बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ माहिला लघुवित्त वित्तीय संस्था लिमिटेड लुम्बिनी प्रदेश कार्यालय ले पशुपति युवा कल्व खेलकुद मैदान मा आयोजना गरेको फुटबल प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उ म न पा वडा नं २० का वडा सदस्य चक्र बहादुर बि सी , बिशिष्ट अतिथि पशुपति युवा कल्वका अध्यक्ष कृष्ण परियार , प्रहरी बिट राझाका भुपाल सिंह ठकुरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त प्रतियोगितामा ४ टिम सहभागी रहेको मध्ये पहिलो खेल भेलेज हब क्लब र एन वाइ सि क्लब बिच तथा दोस्रो खेल सिटी स्पोर्टस क्लब र साझा एफ सि बिच भएको खेलमा जित हात पारेको एन वाइ सि क्लब र साझा एफ सि ले फाइनल खेल खेले।
फाइनल खेलमा एन वाइ सि क्लब र साझा एफ सि ले गोलरहित बराबरीमा रोकेको थियो साझा एफ सि टिमले पेनाल्टी गोलबाट जीत हासिल गरेको थिए । बिजेता टोलि लाइ नगद पुरस्कार रु ५१५५ र सिल्ड मेडल प्रदान गिरएको तथा उप बिजेता टोलि लाइ नगद रु २५२५ र मेडल प्रदान गरिएको आयोजक संस्थाका सु नि का प्रमुख संजय चौधरी ले जानकारि दिनु भयो।
‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ संचालन गरिएको कार्यक्रममा सहभागि प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथि तथा उक्त कार्यक्रम सञ्चालन गर्न सहयोग गरेका सम्पुर्णलाई उक्त संस्थाको लुम्बिनी प्रदेश प्रमुख तिलक दत पंत ले धन्यवाद ज्ञापन गर्दै प्रमाण पत्र र मायाको चिनो प्रदान गर्नु भएको आयोजक संस्थाका कर्मचारी बिनोद कुमार शाही ले जानकारि दिनुभयो।
