
आरके श्रीवास्तव,राैतहट,०५ गते चैत ।
राैतहटकाे गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयलाई गरूडा नगरपालिकाले पाँच लाख सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथालयलाई हरेकवर्षझैं यस वर्षपनि सहयोग गरेको छ ।
नगरप्रमुख कन्थमनी जयसवालले आज एक कार्यक्रमका बिच अनाथालयका संस्थापक बंशीराम जयसवाललाई पाँच लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको छ । अनाथालयमा आश्रित अनाथ तथा असहाय बालबालिकाहरूको शिक्षा, खानपान तथा आवश्यक सुविधाको व्यवस्थापनका लागि अनुदान स्वरूप साे रकम प्रदान गरिएको नगरप्रमुख कन्थमनी जयसवालले बताउनु भएको हाे ।
अनाथ तथा असहाय बालबालिकाहरूको उज्जवल भविष्यको सुनिश्चितता तथा अनाथालयको प्रतिष्ठा जोगाउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत मेयर जयसवालले जनाउनु भएको हाे ।
यसरी नै सहयोग र दानकाे भरमा चल्दै आएकाे अनाथालयलाई मेयरमा निर्वाचित भएदेखिनै प्रत्येक वर्ष ५ लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आईरहनु भएको छ । साे अनाथालयमा २६ जना बालबालिकाकाे यस्तै सहयोग र दानबाट पालनपोषण हुँदै आएको छ । मनकारी दाताहरूलाई अनाथालय परिवारले सहयोगकाे अपेक्षा व्यक्त गरेको छ ।
