<

बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते माघ ।
रौतहटको धरहरी घटनाका दोषीलाई जिल्ला अदालत रौतहटले सफाइ दिएपछि पीडित परिवार न्यायका लागि उच्च अदालत जनकपुरका अस्थाई इजलाश विरगंज पुगेका छन ।
अदालतले दोषीहरुलाई निर्दोष सावित गर्दै सफाइ दिएपनि जिल्ला अदालत गौरको उक्त फैसला प्रति चित नबुझेको भन्दै पीडित परिवार न्यायका लागि उच्च अदालत जनकपुरका अस्थाई इजलाश विरगंजमा रिट गरेका छन् ।
२०७७ सालमा देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीमा दुई पक्षबीच झगडा भई कुटाकुट भएको थियो ।
सो झगडामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, धरहरीका वडा अध्यक्ष विरबहादुर साह लगाएतका व्यक्तिले धारिलो हतियार प्रहार गर्दा स्थानीय लखिन्द्र यादव र लालबाबु यादव गम्भीर घाइते भएका थिए भने अरु केहि व्यक्तिहरु सामान्य घाइते भएका थिए ।
ज्यान मार्ने उद्देश्यले मेयर साह, वडा अध्यक्ष विरबहादुर साह सहितका व्यक्तिले लखिन्द्र र लालबाबु यादवमाथी संघातिक हमला गरेको लखिन्द्र यादवका दाई सिकिन्दर राय यादव बताउँछन ।
संघातिक हमला गरी गम्भीर घाइते बनाउने उनिहरुमाथी कार्यवाही गर्न लखिन्द्रको दाई सिकिन्दर राय यादवले हुलाक मार्फत ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालत गौरमा दिएका थिए ।
पीडित सिकिन्दर राय यादवले घटनामा संलग्न मेयर प्रेमलाल साह, वडा अध्यक्ष विरबहादुर साह सहित १३ जनामाथी जिल्ला अदालत रौतहटमा ज्यान मार्ने उद्योग मुद्दा दिएका थिए ।
अदालतमा उनिहरुमाथी मुद्दा दर्ता भएपछि पीडित सिकिन्दरले अब दोषीहरुलाई अदालतले कार्यवाही गर्छन र आफुहरुलाई न्याय दिलाउँछ भनी आश गरेर बसेका थिए । तर अदालतले दोषीहरुलाई निर्दोष सावित गर्दै सफाई दिएपछि सिकिन्दर निकै चिन्तामा परेका थिए ।
राजनीतिक पहुच, शक्ति, पावर र पैसाको बलमा दोषीहरुलाई अदालतले निर्दोष सावित गरी सफाइ दिएको भन्दै पीडित सिकिन्दर राय यादवले भाईको न्यायका लागि उच्च अदालत विरगंजमा रिट दिए ।
अदालतले दोषीलाई कार्यवाही गर्नुको सटा सफाई दिएर उन्मुक्ति दिएको भनी सिकिन्दर राय यादवले अदालतको उक्त फैसलाप्रति चरम असन्तुष्टि जनाउँदै न्यायका लागि आजभन्दा डेर वर्षअघि उनीहरुमाथी उच्च अदालत विरगंजमा रिट दिएका थिए ।
बिहीवार पत्रकारहरुसंग कुरा गर्दै सिकिन्दरले उच्च अदालत विरगंजले अब पीडितलाई न्याय दिने भन्ने कुरामा आफु पूर्ण रुपमा विश्वस्त रहेको बताएका छन् ।
घटनामा संलग्न दोषी देवाहीका मेयर प्रेमलाल साह, वडा अध्यक्ष विरबहादुर साह सहित सबैजनालाई कडा भन्दा कडा कार्यवाही गर्नुपर्ने आफनो माग रहेको उनले बताए ।

उच्च अदालत विरगंजले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइ कार्यवाही गर्ने र पीडितलाई न्याय दिलाउने भन्ने कुरामा आफु पूर्ण आशावादी रहेको उनले बताए ।

उच्च अदालत विरगंजले गर्ने निर्णय अर्थात फैसलाको पखाईमा आफुहरु रहेको उनले सुनाए ।

१० लाख रुपैयाँ लिएर ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिन मेयर प्रेमलाल साहले आफुसंग प्रस्ताव गरेको पीडित सिकिनदर राय यादवले खुलासा गरेका छन्।

सुरुमै मेयर प्रेमलाल साहले मुद्दा मिलापत्र गर्न आफूलाई दश लाख रुपैयाँ प्रस्ताव गरेको तर उनको उक्त प्रस्ताव आफूले अस्वीकार गरेको समेत उनले बताए।

आफूले भाइको न्याय मागेको रिसिइबी साधन विपक्षीले केही महिना अघि आफूलाई लागू औषध मुद्दामा फसाएको सिकिनदर राय यादवको आरोप छ।

भाइको न्यायको लागि अदालतमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएको रिसिबी साधन आफ्नो कोठामा लागू औषध गाँजा राखेर उनीहरूले आफूलाई लागू औषध मुद्दामा फसाउन खोजेको उनले बताए।

लागू औषध मुद्दामा पक्राउ परेको केहीदिन मै सिकिन्दर राय यादव धरौटी रकम बुझाएर थुनामुक्त भएका थिए।
यता देवाहीगाेनाहीका मेयर प्रेमलाल साह सँग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0