
आरके श्रीवास्तव,रौतहट,२४ गते माघ २०८१ ।
राैतहटकाे कटहरिया नगरपालिकामा एचपिभी खाेप अभियान सुरु भएको छ । याे अभियानकाे पहिलोदिन लक्ष्यित समूहका ४ सय ६० जना किशाेरीहरूलाई एचपिभी खाेप लगाइएको स्वास्थ्य संयाेजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् ।
संयाेजक यादवकाे अनुसार भसेढवा स्वास्थ्य चाैकीमा १ सय ३२,हथियाही स्वास्थ्य चाैकीमा ७७,बिर्ति प्रष्टाेका स्वास्थ्य चाैकीमा ३,आधारभूत स्वास्थ्य केन्द्र टाेलापुरमा २८,प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा ७७,आधारभूत स्वास्थ्य केन्द्र फतेपुरमा ३८ जना किशोरीलाई खाेप दिइएको छ ।
त्यस्तै स्वास्थ्य चाैकी बगहीमा ५७ जना,आधारभूत स्वास्थ्य केन्द्र पिप्रा पाेखरियामा ७ र स्वास्थ्य चाैकी डुमरियामा ४१ गरी कटहरिया नगरपालिका भरि कुल ४ सय ६० जना किशोरीलाई एचपिभी खाेप लगाइएको उनले जनाएका छन् ।
मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।
सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गतेदेखि कटहरिया नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन भईरहेकाे छ । कटहरिया नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ४ सय १३ किशोरीलाई एचपिभी खाेप दिँदैछ । एचपिभी खाेप अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ ।
