<

आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ । 

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आजदेखि एचपिभी खाेप अभियान सञ्चालन भएको स्वास्थ्य संयाेजक रमेश प्रसाद यादवले जानकारी गराएका हुन् । फतुवा बिजयपुर नगरपालिकामा पनि एचपिभि खोप अभियान सुरू भएको छ ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गते अर्थात् आजदेखि फतुवा बिजयपुर नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन भईरहेकाे छ ।

मावि बिजयपुरमा एचपिभी खाेप अभियानकाे उदघाटनसत्र कार्यक्रम राखिएको थियो । उदघाटन सत्र कार्यक्रममा बाेल्दै फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव उर्फ पप्पुले एचपिभी खाेप सबै किशोरीलाई अनिवार्य लगाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयकाे याे अभियानकाे सराहना गर्दै उनले पाठेघरकाे मुखकाे क्यान्सरबाट बच्न याे खाेप अनिवार्य रूपमा लगाउन सबै आ-आफनाे तर्फ बाट प्रचारप्रसार गरि खाेप लगाउन उत्साहित गर्नुपर्नेमा जाेड दिए ।

फतुवा बिजयपुर नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ३ सय ८०  किशोरीलाई एचपिभी खाेप दिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0