
आरके श्रीवास्तव,राैतहट,२४ गते माघ २०८१ ।
छाेराकाे उत्कृष्ट कार्यबाट आमाबुबा समुदाय द्वारा सम्मानित भएका छन् । राैतहटकाे फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ११ स्थित रहेको श्री आधारभूत बिद्यालयका प्रधानाध्यापक बिजय कुमार कुशवाहाकाे आमाबुबालाई सरस्वती पुजाकाे दिन आयाेजित एक कार्यक्रमका बिच समुदायले नै सम्मान गरेको छ ।
प्रधानाध्यापककाे जिम्मेवारी सम्हालेकाे करिब दुई वर्ष भित्रै २५ जना बिद्यार्थी बाट बढार २ सय जना पुर्याएकाे र भाैतीक अवस्थामा पनि उल्लेखनीय सुधार गरेकाे भन्दै अभिभावक उनीप्रति हाैसिएका हुन् ।
साथै बिद्यालयमा सुन्दर सरस्वती माताकाे मन्दिर स्थापना गराई बिद्यालयलाई पालिकामै शुन्दर र उत्कृष्ट आधारभूत बिद्यालय बनाउन सफल भएकाेले सम्पूर्ण अभिभावक,समाजसेवी,शिक्षाप्रेमी जनप्रतिनिधिहरूले प्रधानाध्यापक कुशवाहाकाे कार्यबाट खुशी र संतुष्ट भई उनकाे बुवा चन्द्रदेव कुशवाहा र आमा अन्हिया देवी कुशवाहालाई दाेसल्ला र खादा सहित फूलमाला लगाएर उच्च सम्मान गरेका हुन् ।
प्रधानाध्यापक कुशवाहाकाे उदाहरणीय कार्यबाट प्रभावित भई पालिका भरिकै शिक्षक,कर्मचारी,जनप्रतिनिधि, शिक्षाप्रेमी,समाजसेवी लगायत सम्बन्धित सम्पूर्ण समुदाय खुशी भएको साे बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सिताराम चाैधरीकाे भनाइ छ ।
प्रधानाध्यापक कुशवाहाकाे आमाबुबाले सम्मान ग्रहण गरेपछि कुशवाहा अत्यन्त भावुक भएका थिए । भावुक भएर कुशवाहाले संक्षिप्त मन्तव्य राख्दै भने – विद्यालयलाई अझ बढी प्रगतिकाे बाटाेमा लैजाने प्रतिबद्धता जाहेर गरेका थिए ।
