Oplus_131072
<

आरके श्रीवास्तव,रौतहट,२३ गते माघ २०८१ । 

राैतहटकाे कटहरिया नगरपालिकामा आजदेखि सञ्चालन हुने एचपिभी खाेप अभियानकाे सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य संयाेजक दिनेश प्रसाद यादवले जानकारी गराएका हुन् । कटहरिया नगरपालिकामा पनि एचपिभि खोप अभियान आजदेखि सुरू हुँदैछ । जसकाे लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य संयाेजक यादवले जानकारी गराउनु भएको हाे ।

मंगलबार देशैभरी विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’अभियान सञ्चालन गरिसकेको छ ।

सरस्वती पुजाकाे कारण एक दिन ढिलाे गरि माघ २३ गते अर्थात् आजदेखि कटहरिया नगरपालिका सहित राैतहटकाे १८ वटै पालिकामा याे एचपिभी खाेप अभियान सञ्चालन हुन गईरहेकाे छ ।

कटहरियामा आज दिउँसो एचपिभी खाेप अभियानकाे उदघाटनसत्र पनि राखिएको संयाेजक यादवले बताएका छन् । स्वास्थ्य संयाेजक यादवका अनुसार कटहरिया नगरपालिका भरिका १० देखि १४ वर्ष मुनिका २ हजार ४ सय १३  किशोरीलाई एचपिभी खाेप दिँदैछ । यसबाट काेही पनि बञ्चित हुन नहुने यादवकाे भनाइ छ ।

लक्ष्यमा ९० प्रतिशत अनिवार्य खोप लगाउनुु पर्ने भएकोले सम्पूर्ण कटहरिया नगरवासी लाई खाेप बाट बञ्चित हुन नदिन सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्य हुने गरेको भन्ने अनुमान गरिएकोले बेलैमा सचेत हुनुपर्ने उनकाे आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0