
दिपेन्द्र रजक,राैतहट,२१ गते माघ ।
राैतहट । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका -६ पेटभर्वामा रहेको श्री माध्यमिक विद्यालयको प्राङ्गणमा नवनिर्मित सरस्वति मन्दिरको उद्घाटन एवम सरस्वति मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । आज सोमबार सरस्वती पूजाको अवसर पारेर विद्यालयको प्राङ्गणमा नवनिर्मित सरस्वति मन्दिरको वडा न ६ को वडा अध्यक्ष रामएकवाल राय यादव उद्घाटन गरे पछि आजैको दिन बिधिपुर्वक सरस्वति मूर्तिको प्राणप्रतिष्ठा पनि गरिएको छ । बिधालयको प्रधानाध्यापक रामकिशोर यादवको विशेष सक्रियतामा श्री माध्यमिक विद्यालय पेटभर्वामा बिभिन्न शीर्षक बाट आएको करिब ५ लाखको लागतमा नवनिर्मित सरस्वती मन्दिर बनेको बिधालय ब्यवस्थापन समितिको अध्यक्ष प्रतिमा देवी यादवले जानकारी दिइन् ।
विद्यालयले स्थापना गरिएको मन्दिरमा वडा स्तरीय बजेट बाट एक लाखको लागतमा मुर्ति ल्याएर विधिपूर्वक प्राणप्रतिष्ण गरिएको बिधालयको शिक्षक मोतिलाल यादव जानकारी दिएका छ्न। सो अवसरमा बिधालय ब्यवस्थापन समितिको अध्यक्ष प्रतिमा देवी यादव, वडा सदस्य रुदल साह कानु , पूर्व बिधालय व्यवस्थापन समितिको अध्यक्ष हरदेव राय यादव, अजय यादव , राकेश यादव ,सञ्चारकर्मी, गाउँको अभिभावक, शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागीता थियो ।
