
बज्जिकाञ्चल संवाददाता,राैतहट,२१ गते माघ २०८१ ।
तराई वैदेशिक रोजगार व्यवसायी फाेरमकाे आज बसेको बैठक बाट सर्वसम्मत हृदयनारायण दासकाे अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुर्नगठन गरिएको छ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा संजय चौधरी,द्वितीय उपाध्यक्षमा खातुन राईन,तृतीय उपाध्यक्षमा निर्मल राय आमात,महासचिवमा बिरेन्द्र कुमार यादब, सचिवमा हाकिम राय,कोषाध्यक्षमा अंजु कुमारी रहेका छन् ।
त्यस्तै सदस्यहरूमा उपेन्द्र शाह, दिगम्बर ठाकुर ,शिवहरी गाेइत, मंजु कार्की , मोहम्मद मंमताज मिया,मोहम्मद असरफ अलि शाहा चयन हुनु भएको छ ।
नव निर्वाचित अध्यक्ष हृदयनारायण दासकाे नेतृत्वमा याे फाेरमले व्यवसायीहरूको हक हितका लागि प्रभावकारी कार्य गर्दै उल्लेखनीय उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी बैठकले ४ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा सितल प्रसाद यादव,माे. जैलुन राईन,रविन्द्र यादव र हिरालाल शाह रहका छन् ।
