
आरके श्रीवास्तव,रौतहट,२१ गते माघ ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर १० मा जनता समाजवादी पार्टी नेपालको वडा कमिटि गठन भएको छ । आइतवार सो वडामा भएको वडा स्तरीय विस्तारित बैठक बाट नयाँ कमिटि गठन गरिएको हो ।
आईतवार जनता सँग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत अहिले सो नगरपालिकामा धमाधम वडा कमिटिहरु गठन भइरहेको छ । जसपा नेपाल फतुवा बिजयपुर नगर कमिटिको आयोजनामा दुधिअवामा भएको बैठक बाट प्रभुु नारायण चौधरीको अध्यक्षतामा २३ सदसीय वडा कमिटि गठन गरिएको जसपा नेपालका मधेश प्रदेश कमिटि सदस्य विजय चौधरीले जानकारी गराउनु भएको हो ।
गठित कमिटिको उपाध्यक्षमा मतेश चौधरी,सचिवमा प्रेम चौधरी,सह सचिवमा रुपेश चौधरी र कोषध्यक्षमा गिरिजा देवी रहेका छन् ।
त्यस्तै सदस्यमा इन्दु चौधरी,सुनिता चौधरी,रमेश चौधरी लगायतका व्यक्तीहरु रहेका छन् । वडास्तरी विस्तारित बैठकमा जसपा नेपालका केन्द्रिय सदस्य विन्देश्वर यादव,जिल्ला उपाध्यक्ष अमृतलाल चौधरी लगायत जसपा नेपालका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
