
रविन्द्र साह,राैतहट,२१ गते पुस २०८१ ।
उच्च अदालत जनकपुर , अस्थाई बिरगंज अदालतले केन्द्र प्रदेश र जिल्ला शाखाको निर्वाचन हुदा मतपत्रमा सांकेतिक चिन्ह जस्ता केरकार संवैधानिक व्यवस्थाअनुसार व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको जनाएको छ ।
न्यायाधीश एकल इजलासले आज जिल्ला प्रसाशन कार्यालय रौतहट गौर समेत गरि ६ जनाको नाउँमा कारण देखाउ आदेश जारी गर्दै कारण देखाउ आदेश दिएको हो ।
मौलिक अधिकार र गोपनियता भंग भएकोमा नेपाल पत्रकार महासंघ केन्द्रिय समिति , रौतहट शाखा निर्वाचन समिती , जिल्ला प्रशासन कार्यालय रौतहट गौर , जिल्ला हुलाक कार्यालय गौर , नेपाल पत्रकार महासंघ रौतहट शाखा केन्द्रिय निर्वाचन समिति समेत गरि ६ जना उपर यही पौष १९ गते संविधानको व्यवस्थाअनुसार अनुसूचीमा निर्वाचन रद्द गर्नुपर्ने मागसहित रिट निवेदन दायर गरेका थिए ।
यहि मंसिर २८ गते सम्पन्न निर्वाचनमा पुर्ण रूपमा धाधली भएको भएको भनेर सम्बन्धि निकायमा उजुरी गरे पनि कतै सुनुवाइ नभएपछि पत्रकार राकेश यादव , किशोरी राय यादव र बिकास अग्रवालले अदालतको बाटो रोज्नु परेको बताउनु भएको छ।
