<

गाजा, ३१ साउन । इजरायलले ४० हजार भन्दा बढी प्यालेस्टाइनीको हत्या गरेको छ ।

 

हमास– इजरायल बिच गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा इजरायलले ४० हजार बढी सर्ब साधारण प्यालेस्टाइनीकाे हत्या गरेको हो  ।

 

गाजामा इजरायली सैन्य कारबाहीका कारण ४०,००० भन्दा बढी प्यालेस्टाइनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यो संख्या २.३ मिलियन जनसंख्या को १.७ प्रतिशत भन्दा बढी भएको हमासको भनाई छ ।

 

हजाराैं प्यालेस्टाइनी जनताको अनाहकमा मृत्युको साथसाथै स्याटेलाइट छवि विश्लेषणका आधारमा गाजाका लगभग ६० प्रतिशत भवनहरू युद्धबाट क्षतिग्रस्त वा नष्ट भएको जनाईएको छ ।

गत केही महिनामा दक्षिणी सहर रफाहमा सबैभन्दा बढी क्षति भएको इमेजरीले जनाएको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0