<

राैतहट,२८ गते साउन ।
रौतहटमा नेपाली काँग्रेस पार्टीको कार्यालयको लागि जग्गा खरिद र कार्यालय भवन निर्माणको लागि कटहरियाका एक जनाले ८५ हजार रुपैया सहयोग गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ का पार्टी कमिटिका सभापति तथा वडाध्यक्ष प्रत्याशी हरिन्द्र प्रसाद यादवले नगद ८५ हजार रुपैया सहयोग गरेका छन् ।
यादवले पार्टीको नाममा रहेको खातामा सोमवार ८५ हजार रुपैया जम्मा गराएका हुन् । जिल्ला सदरमुकाम गौरमा नेपाली काँग्रेसको पार्टी कार्यालय संचालनको लागि जमिन र भवनको आवश्यकता रहेकोले पार्टीले गरेको आह्वान बमोजिम यादवले आफूखुसी रकम जम्मा गरेका हुन् ।
रौतहटको गरुडामा नेकाको पार्टी कार्यालय भवन रहेको भए पनि सदरमुकाम गौरमा भने अहिलेसम्म निजी घरमा रहँदै आएको थियो । पार्टीको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको घरमा लामो समयदेखि पार्टी कार्यालय संचालनमा रहेको छ ।
समय समयमा पार्टी कार्यालयको स्थान परिवर्तन भइरहँदा कार्यकर्तालाई सजिलो भइरहेको हुँदैन । विभिन्न पार्टीहरुले कार्यालय भवन निर्माण गरिसकेको सन्दर्भमा नेकाको पार्टी कार्यालय सदरमुकाम गौरमा निर्माण हुने भएपछि कार्यकर्ताहरु उत्साहित बनेका छन् । सोही क्रममा कार्यकर्ताहरुले स्वतःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् । कटहरिया नगरपालिकाबाट राम्रो सहयोग पुग्ने विश्वास रहेको वडाध्यक्ष सर्फलाल गुप्ताले व्यक्त गरेका छन् । गुप्ताले भने – हरेक निष्ठावान कार्यकर्ताको सहयोगले सदरमुकाम गौरमा नेपाली काँग्रेसले जमिन किनेर घर बनाउने छ ।
पार्टी कार्यालयको लागि जमिन र भवन निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0