<

जनकपुरधाम,साउन २८ । संघीयता विरोधी गतिविधिमा लागेको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको जनता समाजवादी पार्टी नेपाल निकट युवा विद्यार्थीहरुले आज जनकपुरधाममा सिटि जुलुस प्रदर्शन गरेको छ ।
जम्बो मन्त्रीमण्डल गठन गरि संघियतालाई बदनाम गर्ने प्रयास गरेको, बिगतका सरकारले स्थापना गरेको मधेशको गौरबको योजनाहरुलाई ध्वस्त पार्ने प्रयास गरि रहेको भन्दै युवा विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेको हुन ।
जनमत नेतृत्वको सरकारले संघियता बिरोधीहरुको ईसारामा संघियतालाई नै समाप्त पार्ने प्रयास गरि रहेको भन्दै आन्दोलनकारीहरुले मुख्यमन्त्रीहरुको राजिनामा मांग समेत गरेको छ ।
जनक चौकबाट शुरु भएको प्लेकार्ड सहितको सिटि जुलुस भानु चौक हुँदै मुख्यमन्त्री कार्यालयको मुलद्वार पुगेर सम्पन्न भएको थियो ।
जुलुस मुख्यमन्त्री कार्यालयको मुलद्वार पुग्दा प्रहरी हरु संग केही बेर घम्साघम्सी समेत भएको थियो । मिल्स एरियामा प्रहरी ले लगाएको सुरक्षा घेरा तोड्दै आन्दोलनकारीहरु रेल्बे ट्र्याक सम्म पुगेको थियो ।
कार्यक्रम समापन गर्दै समाजवादी युवा संघका धनुषाका अध्यक्ष दिपु कापरले जनता बिरोधि गतिविधिमा संलग्न मुख्यमन्त्री लाई तत्काल राजीनामा दिन मांग गरेका हुन ।
चरणबद्ध आन्दोलन अन्तर्गत भोलि मंगलबार मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0