<

राैतहट,२८ गते साउन ।
रौतहट जिल्लाको परोहा नगरपालिकाले धुवा मुक्त अभियान अन्तर्गत आज देखि ग्यास चुल्हो सहित ग्यास सिलिन्डर वितरण शुरु गरेको छ।

८ औ नगर सभा बाट पारित नीति कार्यक्रम अनुसार प्रत्येक घर परिवारलाइ ग्यास चुल्हो सेट वितरण गर्ने कार्यक्रम अन्तर्गत चुल्हो सहितको सिलिन्डर वितरण गर्न लागिएको हो।
परोहा नगरपालिका वडा नम्बर 4 मा रहेको बिद्यालयको प्राङ्गनमा सोमबार औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगरप्रमुख शेख वकिलले चुल्हो सहितको सिलिन्डर वितरणको शुभारम्भ गर्नु भएको हो।

पहिलो दिन परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकडको स्थानीयलाइ चुल्हो सहितको ग्यास सिलिन्डर वितरण गरिएको छ। १ हजार २ सय घर रहेको सो वडाको सोमबार ७ सय परिवारलाइ ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज आलमले जानकारी दिएका छन्।

ग्यास चुल्हो वितरण कार्यक्रममा नगर उपप्रमुख सुगान्धी देवी, निर्वाचित वडा अध्यक्ष, नगर पालिकाको कर्मचारी, स्थानीय भरभलादमीहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0