रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण नगरपालिका १ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजादै गरेको अबस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका तस्कर शेख हसिमको छोरा बर्ष १८ को शेख आबिद आलमलाई पक्राउ गरेको हो ।
गाई ८ वटा र बाछो १ वटासहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारवाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको र मुख्य तस्कर गाई धनि फरार रहेकोले निजको खोज तलास भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् । पछिल्लो समय रौतहट प्रहरी एउटा अभियानको रुपमा तस्करी नियन्त्रण गर्न लागिरहेको स्थानीयहरूले बताएका छन ।न्युज कारखाना