<
रौतहट,१४ गते असार ।
रौतहटको वृन्दावन नगरपालिकामा रहेको श्री रुपा नेपाली पाल माध्यमिक बिधालय सखुअवा धमौरामा आज पुुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वृन्दावन नगरपालिका वडा नम्बर ७ मा रहेको उक्त बिधालयमा भव्य रुपमा सो कार्यक्रम गरिएको हो । प्रधानाध्यापक धर्मेन्द्र प्रसाद सिहको अध्यक्षतामा एवम् बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शैक्षिक सत्र २०८० को नतिजा विशलेषण बाट प्राप्त कक्षागत रुपमा प्रथम, द्वितीय, तृतीय, सबैभन्दा उच्च अङ्क सहित सर्वोत्कृष्ट छात्र छात्रा तथा विद्यालय शिक्षक कर्मचारीलाई नगर प्रमुख कुर्मी द्धारा पुरस्कार तथा सम्मान पत्र वितरण गरिएको छ । बिधार्थीहरुको शैक्षिक स्तर अभिवृद्धि,उच्च मनोबलका लागि र अभिभावकहरुलाइ पनि चासो होस् भन्ने उदेश्य हेतुुले सो कार्यक्रम गरिएको प्रअ सिंहको भनाइ छ । बिधालय परिवारको तर्फ बाट निर्वाचित नगर प्रमुख कुर्मी लगायत वडा अध्यक्ष ,सरोकारवाला जनप्रतिनिधीलाइ पनि मधेशको पहिचान गमछा ओढाएर सम्मान गरिएको उनले बताए । कार्यक्रममा बोल्दै वृनदावन नगरपालिकाका नगर प्रमुख कुर्मीले यो बिधालय पुरानो बिधालय भएपनि यसका भौतीक पूर्वाधारहरु साह«ै नै कमजोर अवस्थामा रहेको हुनाले चालु आ.व. र आगामी आ.व.मा बिधालयमा गर्नुुपर्ने शैक्षिक पूर्वाधारका सुधारका कुराका लागि यथा सक्दो भ्याए सम्म बढी भन्दा बढी लगानी गर्ने प्रतिबद्धता व्यत्त गर्नु भयो । साथै बिधालयमा विज्ञान ल्याब यसै आर्थिक वर्षमा आवश्यक रकम छुुट्टयाउने आश्वासन दिए । बिधालयमा कार्यरत समपूर्ण शिक्षकहरुलाइ सम्मान पत्र र गमछा ओढाएर सम्मान गरिएको बताए । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल, विशिष्ट आतिथि ,वडा नम्बर ७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहर, संस्थापक परिवार एवम् पुर्व वि.व्य.स. बैजनाथ प्रसाद पाल,वडा सदस्य शिक्षाप्रेमी, समाजसेवी, अभिभावक र बिधार्थीहरूको उपस्थितमा सम्पन्न भएको छ । सो बिधालय बाट यस वर्षको एसइइमा एक सय पन्द्र जना सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1