<

राैतहट,३० गते जेठ । रौतहटको गढीमाई नगरपालिका २ का चर्चित युवा किसान कामेश्वर सहनीले उखुखेतमा गज्जबले तरकारी फलाएका छन् ।Open photo उखुखेतीमा अन्य बाली लगाउने चलन नभएको अवस्थामा सहनीले पहिलोपटक चार बिगाहा उखुखेतीमा विभिन्न किसिमका हरियो तरकारी उत्पादन गरेका छन् । सहनीले आठ बिगाहा खेतमा उखुबाली लगाएका छन् । Open photoउखुबालीमा अन्य बाली लगाउने खासै चलन नरहेको अवस्थामा चर्चित अगुवा किसान सहनीले विभिन्न किसिमका हरियो तरकारी उत्पादन गर्ने दुस्साहस गरेका छन् । सहनीले प्रयोगकै रुपमा उखुबालीमा सँगसँगै विभिन्न किसिमका हरिया तरकारी उत्पादनको लागि परीक्षण गर्न चाहेका थिए । सहनी भन्छन् – उखुखेतीसँगै तरकारी बाली लगाउने अनुसन्धानमा म पूर्ण रुपमा सफल भएको छु ।Open photo सहनीले चार बिगाहा उखुबालीमै प्याज, खुर्सानी, घिरौला, लौका, भन्टाजस्ता हरियो तरकारी उत्पादन गरेका छन् । उखुको उत्पादन पनि कम नहुने तथा तरकारी बाली पनि राम्रो उत्पादन गर्न सकिएकोले आफूलाई उखुखेतीको तरकारी बालीबाला राम्रो आम्दानी भएको सहनी बताउँछन् । रिस्क लिएर उखुबालीलाई कस्तो असर गर्ला भनेर विभिन्न किसिमका तरकारी खेती गरेको त उत्पादन राम्रो भएको छ ।Open photo उखुबालीमा पनि मौसम र झार सुहाउँदो अन्य तरकारी खेती गरेर उत्पादन लिन सकिने देखिएको सहनीको भनाइ छ । उखुखेतीलाई पनि मिश्रित खेती गरेर बहुबालीको उत्पादन लिन सकिने सहनी बताउँछन् ।Open photo उखु लगाएको तिन चार महिनासम्म उखुको झार सानै हुने हुनाले उखु हुकाउँदै घिरौला, लौका, प्याज, खुर्सानी, भन्टा जस्ता हरियो तरकारी बाली लगाउँदा उखुबालीलाई कुनै नोक्सानी गर्दैन र उत्पादन पनि लिन सकिन्छ ।Open photo कुनै खाली खेतमा लगाएको हरियो तरकारी बालीको जस्तै र त्यत्तिकै परिमाणमा उखु खेतीमा समेत हरियो तरकारी उत्पादन गर्न सकिने देखिएको सहनीको बुझाइ रहेको छ । सहनीले परीक्षणको रुपमा पहिलोपटक उखु बालीसँगै विभिन्न जातका हरियो तरकारी खेती गरेका छन् । Open photoसहनीले थोरै उखुमा प्याज रोपेकामा प्याजको उत्पादन निकै राम्रो भएको छ । अहिलेको मूल्यमा करिब साठी हजार मूल्य बराबरको प्याज उत्पादन भएको सहनीको भनाइ छ । यसै गरी केही उखुमा खुर्सानी खेती लगाएका थिए । खुर्सानीको उत्पादन राम्रो हुँदा करिब सत्तरी हजार रुपैयाको बेचेको सहनी बताउँछन् ।Open photo यसै गरी घिरौला र लौकाले त अपेक्षा गरेको भन्दा राम्रो उत्पादन दिएको छ । सहनीले एक लाख रुपैयाभन्दा बढीको घिरौला र करिब साढे तिन लाख रुपैयाभन्दा बढीको लौका बेचिसकेका छन् । यसै गरी हजारौँको भन्टा पनि बेचेको सहनी बताउँछन् । लौका र भन्टाले अहिले पनि दिनहु आम्दानी दिइरहेको सहनी बताउँछन् । अब उखुको बोट विस्तारै ठुलो भइरहेकोले करिब लौकाको करिब आधा लहरा काटिसकेको छु । Open photoउखुको बोटलाई हुर्कन तथा नयाँ बिरुवा पलाउनको लागि लौका विस्तारै हटाउँदै लगेको छु । अझै पनि कम्तीमा पचास हजार रुपैयाको लौका र कम्तीमा दश हजार रुपैया बराबरको भन्टा निस्किने सहनीको अनुमान रहेको छ । Open photoउखुबालीमा कुनै पनि तरकारी खेती गर्दा अतिरिक्त सिंचाइ गर्नुनपर्ने तथा उखुकै लागि गरिएको सिंचाइ र गोडमेलले तरकारी बालीलाई पनि करिब पुग्ने हुन्छ । उखुबालीलाई दिएको मलजलले पुग्ने हुँदा उखुसँगै गरिने मिश्रित तरकारी बालीले उखुलाई पनि फाइदा पु¥याएको सहनीको अनुभव छ ।Open photo जमिनमा तरकारी बालीको लहर वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन् । उखुबालीमा गरिने तरकारी खेतीले किसानलाई अतिरिक्त आम्दानी दिने देखिएको सहनी विश्वासपूर्वक बताउँछन् ।Open photo उखुसँगै गरिएको हरियो तरकारी खेतीले आफू निके उत्साहित भएको सहनी बताउँछन् । सहनीले अरुलाई पनि उखुबालीसँगै तरकारी खेती गर्न सल्लाह दिँदै भन्छन् – धेरै उत्पादन हुँदा खेतसम्मै बेपारीहरु पुग्दछन् । Open photoउत्पादन राम्रो हुँदा बेपारीहरुले नगदै दिएर तरकारी लाने गरेका छन् । हरियो तरकारी बेच्न कुनै समस्या नभएको बताउँदै सहनी सगर्व भन्छन् – एक वर्षका कृषिबाट म कम्तीमा तिस लाख रुपैया आम्दानी गर्ने गरेको छु ।Open photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0