<

संखुवासभा । संखुवासभा, चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट बारूद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने २७ वर्षीय बसन्त कुमाल र २७ वर्षीय बिकाश कुमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बिष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0