राैतहट,११ गते जेठ । राैतहटकाे बाैधीमाईमा स्थानीय सरकारका कारण दलित बस्तीका नागरिक मारमा परेका छन् । दलित बस्तीमा बर्षाकाे पानी निकास नहुँदा स्थानीयलाई सास्ती खेपनु परेको छ । राैतहटकाे दक्षिणी भेग बाैधीमाई नगरपालिकाकाे वडा नम्बर ८ स्थित डाेम समुदाय र दलितहरू बस्तीमा बर्षाकाे पानी निकास नहुँदा बिजाेगमा छन् । जमेको पानीले गर्दा मुख थुनेर आउजाउ गर्न आफूहरू बाध्य भएको स्थानीयहरू सुनाउ छन् । नालाकाे गन्हाउने फाेहर पानी भएर आउन जान परिरहेको स्थानीय केशव रामकाे भनाइ छ । उनले गुणासाे गर्दै भने यहाँ पानीकाे निकास छैन् । एकदुई दिन वर्षा हुँदा त यस्ताे समस्याकाे सामना गरिनु परेकाे छ भने वर्षातकाे बेला के हाेला भन्दै आफूहरू चिन्तित बनेकाे बताए । स्थानीय सरकारले ऐलानी जग्गामा कम्पाउण्ड वाल बनाएपछि आफूहरू यस्ताे समस्याकाे सामना गरिरहनु परेकाे स्थानीय बिनाेद महताे बताउँछन् । बर्षातकाे बेला घरमा पानी पस्न थालेपछि आफूले बाँध बाँधेर फाेहाेर पानीलाई राेकेर राखेको बताए । उनले स्थानीय सरकार सँग अविलम्ब नाला निर्माण गरि समस्या समाधान गरिदिन आग्रह गरे । अर्का स्थानीय हरिचन महताे भन्छन् सडकमा जम्मा भएकाे पानीले गर्दा आफनाे घर डुबानमा परेकाे दु:खेसाे पाेखे । नाला बनाईदिने आश्वासनकाे पाेकाे बाँडेर वडा अध्यक्ष गएछन् कहिले नाला बन्ने हाे कुनै निश्चित छैन् । यस विषयमा साे वडाका वडा अध्यक्ष बिन्देश्वर राय यादव सँग साेध्दा उक्त समस्या छिट्टै समाधान हुने आशवासन दिए । छिट्टै नै उक्त ठाउँमा जहाँबाट भएपनि नाला निर्माण गरिने बताए ।
<
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1