Breaking News

एमालेले फतुवाबिजयपुरको मेयर उम्मेदवार बनाएको बिजय यादव निर्बिज को हुन् ?


आरके श्रीवास्तव । रौतहट । १४ गते बैशाख २०७९

फतुवा बिजयपुरको मेयरमा  बिजय यादवलाई नेकपा एमालेले मेयर पदमा उठाएको छ । पार्टीको बैठकले यादवलाई मेयरमा उम्मेदवार घोषणा गरेको छ। सोमबार वहाँले मनोनयन दर्ता समेत गराई सक्नु भएको छ ।
एमालेलाई जित दिलाउन यादव लाई टिकट दिएको हो । मनोनयन दर्ताको दिन जनलहर नै उर्लिएको थियो ।

को हुन् बिजय यादव निर्बिज

कलाकारीता क्षेत्र बाट राजनीतिमा आएका उनी नयाँ अनुहार हुन् । कलाकार एवम् साहित्यकार यादवलाई एमालेले मेयरको टिकट दिएको हो । २५ वर्षीया बिजयको परिवारिक पृष्ठभूमि राजनीति नै हो ।
युवा नेता विजय यादव निर्विज हिरो अफ मधेशबाट सम्मानित छन् । मधेशी पत्रकार समाजले उनलाई (हिरो अफ मधेश) अवार्ड बाट सम्मान गरेको थियो ।
नेकपा (एमाले) रौतहटको फतुवा विजयपुर नगरपालिका नगर कमिटी अध्यक्ष पदमा पनि छन् । अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका अध्यक्ष यादव पुर्वमन्त्री एवं एमालेका प्रभावशाली नेता स्थायी कमिटी सदस्य प्रभु साहका स्वकिय सचिव समेत हुन् । युवा अवस्थामा नै एउटा फरक नेतृत्व बिकास गरेका निर्विज भर्खर सम्पन्न राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालको अधिवेशन बाट निर्विज राष्ट्रिय सचिवमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । फतुवा बिजयपुरको सन्तपुरका बासिन्दा यादव एमाले रौतहटको शसक्त युवा नेता मानिन्छन् ।
यादव बारा, रौतहट, सर्लाही र पश्चिमी महोत्तरीमा बोलिने बज्जिका भाषामा उपन्यास पनि प्रकाशित छ । रौतहटको गरुडामा रहेको रेडियो मधेस मसला एफएमको बज्जिका भाषाको शीर्षगीत गाएका कलाकार निर्बिजले दर्जनौँ गीत गाउँनुका साथै विभिन्न म्युजिक भिडियोहरुमा अभिनय पनि गरेका छन् ।
निर्बिज भाषा, साहित्य, कला र संस्कृतिको सेवा गर्ने व्यक्तिको रुपमा ठूलो पार्टीबाट उम्मेदवार बनेको रौतहटमा पहिलो र आश्यचर्य चकित घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar