<
आरके श्रीवास्तव,
राैतहट,२९ गते वैशाख । प्रभु साह नेतृत्वको आम जनता पार्टीले जानकी जयन्ती मनाउने भएको छ । आम जनता पार्टीको काठमाण्डू उपत्यका बिशेष कमिटीको बैठकले यस्तो निर्णय गरेको हाे । राष्ट्रिय बिभुति सिता माताको सम्मान स्वरूप साे जयन्ती मनाउन लागेको हाे । बिशेष कमिटीको बैठकले यही जेठको ३ गते जानकी जयन्ती मनाउने निर्माण गरेको छ । आज पार्टीको केन्द्रीय मुख्यालय बसेको उक्त बैठकले जानकी जयन्ती मनाउने, भन्सारको लुटकारी प्रावधान विरुद्धको आन्दोलनलाई अझ प्रभावकारी बनाउने तथा कवाड ब्यवसायीहरुको हित रक्षाको लागि बिशेष अभियान संचालन गर्ने निर्णय गरेको आम जनता पार्टीका अध्यक्ष एवम् राैतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले जानकारी गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1