<
काठमाडौँ ।
अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको बताइएको छ ।
बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो ।
स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो । नाम्पुला सचिव जेमे नेटोले डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको थियो । यसमा सवार सबै मानिस हैजाको रोगबाट बच्न बसाई सरेका थिए ।
घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा मानिसहरूलाई उद्धार गरिरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ ।
न्युज कारखाना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1