Breaking News

मालपोत कार्यालय मौलापुरले सेवाग्राहीहरुलाई आलोपालो प्रणाली अनुसार सेवा प्रवाह गर्ने


सागर संगम ठाकुर, रौतहट, माघ १४ गते
मालपोत कार्यालय मौलापुरले सेवाग्रहीहरुलाई आलोपालो प्रणाली अनुसार स्थानीय तहका नागरिकलाई सेवा प्रवाह गर्ने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएकाले कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आईतबार देखि आलोपालो अनुसार सेवा दिन सुचना जारी गरेको छ ।

कार्यालयले वार अनुसार स्थानीय तहका नागरिकलाई जग्गा रजिष्टेशन लगायत विभिन्न सेवाहरु प्रवाह गरिने बताएको छ । कार्यालयका अनुसार आइतवार र सोमवार फतुआ बिजयपुर नगरपालिका र मौलापुर नगरपालिका, मंगलबार, बुधबार देवाही गोनाही नगरपालिका र कटहरिया नगपालिकाका बिहिबार र शुक्रबार बैधीमाई नगरपालिका र परोहा नगरपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने कार्यलयका प्रमुखले बताएका छन ।

कार्यलयका प्रमुख बबुन्नद साहका अनुसार सरकारी, सार्वजनिक, निजी कार्यालय र निकायहरूले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरीरगराई स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गर्ने जिल्ला प्रशाससनले निर्णय गरि सकेका छन । सेवाग्राहीहरुले कार्यालय आउदा अनिर्वाय मास्क लगाई खोप लगाएको कार्ड लयर आउन सबै संग अनुरोध गरेका छन । यस अघि माघ ६ गते जिल्ला प्रशासन कार्यालय रौतहटले आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने,
गोष्ठी, सेमिनार, बैठकहरू भर्चुअल माध्यमबाट गर्न र भौतिक उपस्थितिमा गर्नुपरेमा जनस्वास्थ्यको मापदण्डको पालना गरी बढीमा २५ जना कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएका मात्र उपस्थित हुन लगायत आदेश जारी गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar