Breaking News

रौतहट प्रहरीले घरेलु मदिरा गर्याे नष्ट


बिना राउत,रौतहट,माघ ०९ गते
रौतहट प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज विपि चोकबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आईतबार प्रहरीले बरामद गरिएको ६० लिटर मदिरा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले कार्यालयकै हाताभित्र खाडल खनेर अवैध घरेलु मदिरा नष्ट गरेको जानकारी गराईएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ५ वि.पी.चोक स्थितमा चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा फेला पारेको थियो । सो अबैध घरेलुु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar