<

आरके श्रीवास्तव,पुस,०८ गते  ।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाको शान्ति सुरक्षामा कायम गर्न दक्तचित भएर लागने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको जिम्मेवारी सम्हालेपछि पहिलो चोटी आइतबार आयोजित पत्रकारहरु परिच्यात्मक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

No description available.
गत पुग ०४ गते रौतहट जिल्ला प्रशासन कार्यालयको उनले जिम्मेवारी समहालेका थिए । रौतहटमा रहुञ्जेल यहाँका नागरिकलाइ असुरक्षित हुन नदिने र अप्रिय घटनाहरू रोक्नमा कटिवद्ध रहने पनि उनले उल्लेख गरेका हुन् ।
जिल्लाको अवस्थाबारे पत्रकारसँग बुझनका लागि उनले कार्यक्रम राखेका थिए । जिल्लाको विस्तृत जानकारी सूचना आदानप्रदान गर्ने अभिप्रायले कार्याक्रम राखिएको प्रजिअ रेग्मीले बताए । पत्रकारहरुले पनि उनलाइ जिल्लाको अवस्था बारेमा उनलाइ अवगत गराएका थिए ।
जिल्लामा हालै सरुवा भएर आएका प्रजिअ रेग्मीले शन्तिसुरक्षाको सवालमा कुनै समझौता र ढिलासुस्ती नहुने प्रष्ट पारे । उनले नागरिकको गुणासोलाइ तत्काल सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाए ।

No description available.
रेग्मी पर्साबाट सरुवा भइ रौतहट आएका हुन् । यस अघिका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र जिल्ला प्रशासन कार्यालय कैलालीमा सरुवा भएर गएका छन् । आज भएको पत्रकार सम्मेलनमा रौतहट प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठ,सशस्त्र प्रहरी प्रमुख माधव रेग्मी ,अनुसंधान प्रमुख चन्दन कुमार झा लगायत जिल्लाभरीका पत्रकाहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0