Breaking News

दुई दिनदेखि अवरुद्ध महाकाली राजमार्ग खुल्यो, बाटोमा रोकिएका कानुन मन्त्री बडु गोकुलेश्वर पुगे

बैतडी, ३ कात्तिक

महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्ड खुलेको छ । लगातारको अविरल बर्षासँगै आएको पहिरोले अवरुद्ध भएको राजमार्ग बुधबार दिउँसोदेखि खुलेको हो
सडक खुलेसँगै आवतजावत सहज भएको छ । बर्षाका कारण दोगडाकेदार गाउँपालिकाको चमतडी र ढिकगाडमा पहिरो गएको थियो । सडकमा पहिरो गएपछि बीचमाटो मै अलपत्र रहेका यात्रुहरू गन्तव्यतर्फ लागेका छन् ।
सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकाम जान लागेका संघीय सरकारका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु बाटो मै रोकिएका थिए । सडक खुलेपछि मन्त्री बडु पनि गोकुलेश्वरतर्फ प्रस्थान गरेका छन् ।
अहिले मन्त्री बडु गोकुलेश्वरस्थित कार्यक्रममा सहभागी भएका छन् । मन्त्री बडु मंगलबार बिहानै दार्चुला पुग्ने भने पनि अझै पुग्न सकेका छैनन् ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar