Breaking News

राष्ट्रिय

४ हजार २८५ उम्मेदवारबाट दुई करोड ९६ लाख ९० हजार धरौटी रकम जफत

काठमाडौं, २९ मंसिर ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कूल ४ हजार २८५ उम्मेदवारको धरौटी जफत हुँदा निर्वाचन आयोगलाई दुई करोड ९६ लाख ९० हजार रुपैयाँ आम्दानी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार जमानत जफत भएका ४ हजार २८५ उम्मेदवारबाट दुई करोड ९६ लाख ९० हजार रुपैयाँ जमानतबापत जफत भएको हो । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारले ... Read More »

राैतहट २ बाट पहिलोपटक किरण साह विजयी

                                                                         राैतहट, ८ मंसिर राैतहट क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनी कांग्रेसका डा.फिरदाेस आलमलाई पराजित गर्दै ... Read More »

पूर्व प्रधानमन्त्री नेपाल चुनावी प्रचार प्रसारको लागि बाइकमा सरर…

रौतहट,कार्तिक २७ गते पूर्व प्रधानमन्त्री नेपाल चुनावी प्रचार प्रसारको क्रममा बाइकमा चढेको तस्बिर अहिले सामाजिक संजालमा भाइरहल बनेको छ । गौर नगरपालिका–४ स्थित सुवर्णामाइ मन्दिरमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका रौतहट–१ का उम्मेदवार तथा पूर्व मन्त्री माधव कुमार नेपाल । उनी मोटरसाइकलमा सवार भएर मतदाता बिच आएपछि चर्चा चल्न थालेको हो । अहिले चुनावी प्रचारप्रसारको लागि गाडिको लस्कर नै ... Read More »

डोटी : भूकम्पमा परी ६ जनाको मृत्यु

धनगढी, २३ कात्तिक सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ । मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया ... Read More »

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं, २२ कात्तिक  प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेकाे छ । मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ । बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन ... Read More »

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं, १५ कात्तिक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १ः३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक होटलमा हुने औपचारिक कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्नेछन् । एमालेले  ‘समृद्व ... Read More »

पश्चिमी वायुको प्रभावले कहाँ-कहाँ हुनसक्छ वर्षा ?

काठमाडौं, १५ कात्तिक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ । राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ... Read More »

१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गर्दै आयोग

काठमाडौं, १८ कात्तिक निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो  । मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ । एउटा ... Read More »

४ मंसिर निर्वाचन : मतपत्रको रंग कस्तो हुन्छ ? 

काठमाडौं, १४ कात्तिक  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २० दिन बाँकी छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुईवटा मतपत्र प्रयोगमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुनेछ । ... Read More »

कुन प्रदेशमा कतिवटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुँदैछ ?

काठमाडौं, १४ कात्तिक  आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तर्फको समानुपातिक निर्वाचनमा सबैभन्दा बढि निर्वाचन चिन्ह मधेश प्रदेशको पतपत्रमा हुनेछन् । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा समानुपातिक तर्फको मतपत्रमा ५९ वटा चिन्ह रहेको छ । दोस्रो धेरै निर्वाचन चिन्ह बागमती प्रदेशको मतपत्रमा हुनेछन् । बागमती प्रदेशको समानुपातिक तर्फको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह राखिएको छ । यस्तै प्रदेश ... Read More »

Bajjikanchal Khabar